निर्वाचन रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२०७८ फाल्गुण १० मंगलबार १८:११:०० मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघि सर्वोच्च प्रशासनले रिट निवदेन दरपीठ गरेको थियो । त्यसविरुद्ध उनले दिएको निवेदन दर्ता गरेर सर्वोच्चले सुनुवाइ थालेको थियो । सर्वोच्चको यो आदेशसँगै अब वैशाख ३० मा स्थानीय निर्वाचन हुने नहुने अन्योल हटेको छ । अब सरकारले घोषणा गरे अनुसार नै निर्वाचन कार्यक्रम अघि बढ्ने भएका छन् ।

 

ताजा खबर