नेपाललाई एक सय ७६ रनको लक्ष्य

२०७८ फाल्गुण १० मंगलबार १८:०८:०० मा प्रकाशित

काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ७६ रनको लक्ष्य दिएको छ । अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

ताजा खबर