पुलिस र एपिएफको खेल बराबरीमा

२०७८ फाल्गुण १० मंगलबार १५:५५:०० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुवाती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको पहिलो हाफको ४१औं मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक– एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने गोल हुन सकेन । यस बराबरी खेलसँगै पुलिसले १२ खेलबाट १२ अङ्क जोडेको छ ।

समान खेल खेलेको एपिएफको भने १५ अङ्क भएको छ । लिगमा बाह्रौँ चरणको खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरुको भने टुङ्गो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परिसकेका छन् ।

ताजा खबर