युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई राष्ट्रसंघद्वारा अस्वीकार

२०७८ फाल्गुण १० मंगलबार ११:५९:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघले डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकताको विपरीत भएको बताएका हुन् । “युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रका निश्चित क्षेत्रहरूको स्थितिसँग सम्बन्धित रूसी संघको निर्णयबाट महासचिव धेरै चिन्तित भएका उनले बनाएका छन् ।

उनले मिन्स्क सम्झौता अनुसार पूर्वी युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघले सान्दर्भिक महासभाको प्रस्तावहरू अनुरूप युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सीमानामा पूर्ण रूपमा समर्थन गर्ने बताएका छन् । रुसी राष्ट्रपति पुटिनको सो घोषणापछिको अवस्थाको बारेमा छलफल गर्न अहिले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ ।

ताजा खबर