राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

२०७४ पौष १३ बिहीबार १२:३२:०० मा प्रकाशित

काठमाडौँ, १३ पुस । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । 
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटाैँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए । 
उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उकका सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । 
महासंघका कार्यवाहक अध्यक्ष मदनदास श्रेष्ठले उनिहरुले देखाएको मार्गनिर्देशनलाई परिवार, समाज र राज्यको सबै निकायले अनुशरण गर्नुपर्ने सुझाव दिनए । उनले ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गरी समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिए । 
अहिले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको र देशका ६५ जिल्लामा सञ्जाल विस्तार भएको बताइएको छ । विसं २०६८ पुस १२ गते महसंघ स्थापना भएको हो । रासस

ताजा खबर