नयाँबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

२०७८ फाल्गुण १० मंगलबार ११:२५:०० मा प्रकाशित

काठमाडौँ । कल बाइपास तथा अनलाइन जुवाको खेलाएको अभियोगमा प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार राति नयाँबानेश्वरबाट पक्राउ गरेको हो । अहिले उनीहरूलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिएका छन् । उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको प्रहरीको आरोप छ ।

ताजा खबर