बलुचिस्तानमा सुरक्षाकर्मीसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु

२०७८ फाल्गुण ९ सोमबार १८:५८:०० मा प्रकाशित

बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ । सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त अपरेशन सञ्चालन गरेका थिए।

साथै, एउटा छुट्टै कारबाहीमा पाकिस्तानको उत्तरी वजिरिस्तानमा आइतबार सुरक्षा बलसँगको गोली हानाहानमा पाँच आतङ्ककारी मारिएका थिए । यसअघि फेब्रुअरी ५ मा उत्तरी वजिरिस्तानको दत्ता खेल क्षेत्रमा सुरक्षा बलहरूले गोलीबारीमा दुई आतङ्ककारीलाई मारेका थिए।

ताजा खबर