बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०७८ फाल्गुण ९ सोमबार १८:०८:०० मा प्रकाशित

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–३ को झालीमालीमा गरूडाबाट धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

 

ताजा खबर