वीरगंज नाकामा गत आर्थिक वर्षको भन्दा ३३ अर्ब बढी राजश्व संकलन

२०७८ फाल्गुण ९ सोमबार ११:३९:०० मा प्रकाशित

वीरगंज । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगंजबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ ।

कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुक भित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव कार्यालयको राजश्व सङ्कलनमा देखिएको हो । वीरगंज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिना सम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख राजश्व सङ्कलन गर्न वीरगंज भन्सार सफल भएको छ । योग गत आर्थिक वर्षको संकलित राजश्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

ताजा खबर