अष्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

२०७८ फाल्गुण ९ सोमबार ०८:०९:०० मा प्रकाशित

कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुलाई दुई वर्षपछि अष्ट्रेलियाले प्रवेश दिने भएको छ । सरकारको यो निर्णय सँगै सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ ।

पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी छुटको आवश्यकता पर्नेछ । कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो । खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ ।

अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन् । सन् २०१९ मा अष्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए । परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अष्ट्रेलियामा लागु गरिएको कडा नियमको आलोचना भएको थियो । अष्ट्रेलियामा कोभिडका कारण हालसम्म झन्डै ४ हजार ९ सय जनाको मृत्यु भएको छ ।

ताजा खबर