बेलायती महारानीलाई कोरोना सङ्क्रमण

२०७८ फाल्गुण ८ आइतबार १८:४७:०० मा प्रकाशित

बेलायती महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ । दरवारले महारानीलाई सामान्य चिसो लागेजस्तो लक्षण देखिएको जनाएको छ । तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ । गत साता सङ्क्रमण पुष्टि भएका उनका जेठा छोरा प्रिन्स अफ वेल्ससँग उनको भेट भएको थियो ।

महारानीको निवास रहेको विन्डसर क्यासलमा धेरै जनालाई कोभिड सङ्क्रमण भएको बुझिएको छ । ९५ वर्षीय महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गरेकी थिइन् । बेलायतमा सबैभन्दा लामो शासन गरेकी महारानीको गत फेब्रुअरी ६ मा शासनको ७० वर्षे उत्सव मनाइएको थियो। त्यसको पूर्व सन्ध्यामा उनी तीन महिनापछि सार्वजनिक भेटघाटमा सामेल भएकी थिइन् ।

महारानीले गत वर्षको जनवरीमा कोभिड विरुद्धको पहिलो खोप लगाएकी थिइन् र त्यसपछिका मात्राहरू पनि लगाइको विश्वास गरिएको छ । ब्रिटिश राजपरिवारको स्वास्थ्य हेरचाह निजी चिकित्सकले गर्दै आएका छन्।

ताजा खबर