ए डिभिजन लिगमा जाउलाखेलको जीत

२०७८ फाल्गुण ८ आइतबार १८:४४:०० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजीत गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले पराजीत गर्दै विजयी भएको हो । जावलाखेलको जीतमा रुपबहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे ।

यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको १५औँ मिनेटमा रुपबाहनुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८८औँ मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जीत दिलाए । यस जीतसँगै जावलाखेल रेलिगेसन जोनबाट जोगिएको छ । जावलाखेलले १२ खेलमा १४ अङ्क जोडदै अङ्क तालिकाको दशँै स्थानमा उक्लेको छ । समान १२ खेल खेलेको हिमालयनले १३ अङ्क जोडेको छ ।

ताजा खबर