हामी एमसीसीको विपक्षमा रहेका कुरा पार्टीले पहिले नै स्पष्ट गरिसकेको छः प्रचण्ड

२०७८ फाल्गुण ८ आइतबार १८:११:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार साँझ सामाजिक संजालमार्फत अध्यक्ष प्रचण्डले प्रदर्शनकारीमाथि दमन भएको भन्दै आपत्ति जनाएका हुन् । उनले आफ्नो पार्टी एमसीसीको विपक्षमा आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको उल्लेख गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराका साथै आइतबार रबरको गोलीसमेत हालेको थियो ।

प्रचण्डले भनेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

ताजा खबर