नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

२०७८ फाल्गुण ८ आइतबार ११:२०:०० मा प्रकाशित

नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन् ।

विदेशमन्त्री हुइटफेल्डले आफूहरुले तालिबानलाई मान्यता दिन नसक्ने बताएका हुन् । अफगानिस्तानमा तालिबानको सत्तारोहण अगस्टको मध्यमा भएको थियो जसले आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्याएको छ।

सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनःस्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन।

 

ताजा खबर