ब्राजिलमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १४६ पुग्यो, १९१ बेपत्ता

२०७८ फाल्गुण ८ आइतबार ११:०४:०० मा प्रकाशित

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको छ । पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएका छन् ।

शनिबार पाँचौ दिन पनिपनि वर्षा जारी छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।यहाँ भारी मात्रामा वर्षा भएको बताइएको छ । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको उद्धारकर्मीहरुले जानकारी गराएका छन् । शनिबारसम्मा बाढीमा परेर कम्तीमा पनि १९१ जना हराइरहेका छन् ।

रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ । यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ । वर्षात्का कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ ।

बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।

सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो । राष्ट्रपति जयर बोलोस्नारोले शुक्रबार सो बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

ताजा खबर