बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

२०७८ फाल्गुण ८ आइतबार १०:४२:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीका शीर्षस्थ नेताहरु सहभागी छन्।

आजको बैठकले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने विषयमा सहमतिको प्रयास गर्नेछ । एमसीसी संसदमा टेबल गर्ने विषयमा नेकपा (एकीकृत समाजवादी) सकारात्मक भइसकेको छ। यद्यपि संसदमा जारी एमाले अवरोध स्थगित गर्नुपर्ने उसको सर्त रहेको छ ।

माओवादी केन्द्रले पनि संसदमा जारी अवरोध खुलाउने र दलहरुबीच सहमति गरेर मात्रै एमसीसी टेबल गर्नुपर्ने धारणा राखेको छ । संसदमा जारी अवरोध हटाउनका लागि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। छलफल सकारात्मक भएपछि एमसीसी टेबुल गर्ने तयारीमा सरकार लागेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

ताजा खबर