एसीसीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

२०७८ फाल्गुण ८ आइतबार ०८:४८:०० मा प्रकाशित

काठमाडौं । एमसीसीमा सहमति जुटाउन आज सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दश बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा एमसीसीमा सहमति जुटाउन प्रयास गर्ने बताइएको छ । यसअघिका बैठकमा एमसीसी संसदमा टेबल गर्नुपर्ने कांग्रेसको अडानमा अन्य दलले असहमति जनाएपछि बैठक अनिर्णित हुँदै आएका थिए ।

शनिबार बसेको नेकपा(एकीकृत समाजवादी)को बैठकले एमसीसी संसद सुचारु भएको अवस्थामा टेबल गर्न दिने तर यथास्थितिमा पास गर्न नदिने निर्णय गरेको छ । आजको बैठकमा माओवादीले पनि केही लचक हुँदै टेबल गर्न दिनेमा सहमति जनाउन सक्ने आँकलन गरिएको छ ।

यसैबीच प्रतिनिधिसभाको बैठक पनि आज बस्दैछ । दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । सत्तारुढ गठबन्धनमा सहमति भएमा आज एमसीसी प्रतिनिधिसभा बैठकमा टेबल हुने सम्भावना छ ।

ताजा खबर