निगमद्वारा पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि

२०७८ फाल्गुण ७ शनिबार २१:१७:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ पुर्याएको हो ।

डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ पुर्याइएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

ताजा खबर