फिलिपिन्ससँगको खेलमा कुशलको शतक

२०७८ फाल्गुण ७ शनिबार १३:१५:०० मा प्रकाशित

काठमाडौं । नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । आईसीसी टि–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्ससँगको खेलमा कुशलले शतक प्रहार गरेका हुन् । टी–ट्वान्टी क्रिकेटमा यसअघि नेपालका पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्रै शतक प्रहार गरेका थिए ।

कुशलले आठौँ अन्तर्राष्ट्रिय खेलमै शतक प्रहार गर्न सफल भएका हुन् । योसँगै कुशलले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा अर्धशतकको संख्या पनि पाँच पुर्याएका छन् । पारसले अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा चार वटा अर्धशतक प्रहार गरेका थिए । कुशल भुर्तेलले २०७८ सालको बैशाखमा नेदरल्याण्ड्सँग काठमाडौंमा भएको त्रिदेशीय श्रृङ्खलाको क्रममा चारवटा अर्धशतक बनाएका थिए ।

ताजा खबर