अमेरिकाले भन्यो-एमसीसीको विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य छैन

२०७८ फाल्गुण ६ शुक्रबार १६:०७:०० मा प्रकाशित

काठमाडौं । अमेरिकाले नेपालमा एमसीसीको विषयलाई लिएर भएर भइरहेको प्रदर्शनका विषयमा आफ्नो धारणा सार्वजनिक गरहेको छ । नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार सामाजिक संजालमार्फत हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो ।

एमसीसी संसदमा टेबल गर्ने समाचार सार्वजनिक भएपछि दिनहुँजसो झडप तथा केही स्थानमा बम राखिएको घटनापछि दूतावासले यस्तो बताएको छ ।

दूतावासले भनेको छ,‘ हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं,: एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’

शुक्रबार काठमाडौंमा एमसीसीको विरोध गर्दै शंकास्पद बस्तु फेला परेका थिए ।

 

ताजा खबर