एमसीसी पास भएमा गठबन्धन टुट्छः शशांक कोइराला

२०७८ फाल्गुण ६ शुक्रबार १५:००:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उहाँले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको बताए ।

कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको बताए । उनले भने, ‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरु उभिरहेका छन् । एमसीसी परियोजना भएका मुलुकमा अमेरिकी सेना आएको छैन । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ । शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो । यो अप्सन उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ । एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ ।’

कोइरालाले अमेरिकाले दिने एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको दाबी गरे ।

ताजा खबर