एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन

२०७८ फाल्गुण ६ शुक्रबार १४:००:०० मा प्रकाशित

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्धको सडक प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ । विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गर्दा बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको हो ।

उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका । प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले संयुक्त रूपमा प्रदर्शन गरिरहेका हुन् ।

 

ताजा खबर