संसद बैठक आइतबारसम्मका लागि स्थगित

२०७८ फाल्गुण ६ शुक्रबार १३:३५:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेका छन् ।

एमालेको अवरोधबीच प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए । एमालेले कारबाही गरिएका १४ सांसद्को सूचना टाँस नगरिएको भन्दै लामो समयदेखि संसद अवरोध गर्दै आएको छ ।

ताजा खबर