एमसीसी र संसद संचालनको विषयमा ओली सकारात्मकः प्रवक्ता कार्की

२०७८ फाल्गुण ६ शुक्रबार १२:३३:०० मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद संचालन र एमसीसी पास गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको बताएका छन् ।

शुक्रबार सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले संसदलाई सुचारु रुपले सञ्चालन गराउनु प्रधानमन्त्रीको दायित्व भएकाले विपक्षी दलको नेतासँगै यसै विषयमा छलफल भएको बताएका हुन् ।

उनले भने,‘विपक्षी दलको नेताबाट एमसीसी परियोजनालाई निष्कर्षमा पुर्याउने प्रधानमन्त्रीजीको प्रस्ताव छ, निस्कर्षमा पुर्याउने बारेमा विचार विमर्श सकारात्मक रुपले भएको छ । हामी यसलाई टुंगोमा पुर्याउन चाहन्छौँ ।’

कार्कीले प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले एमसीसी परियोजना र संसदलाई सुचारु रुपमा सञ्चालन गराउने कुरामा सकारात्मक रुपले लिने विश्वास दिलाएको जानकारी दिए । सत्ता गठबन्धनको बैठकपछि बिहीबार राति प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

ताजा खबर