ओटावामा प्रदर्शनकारीविरुद्ध कारबाही गर्ने प्रहरीको तयारी

२०७८ फाल्गुण ६ शुक्रबार १२:१३:०० मा प्रकाशित

क्यानाडाका कानून प्रवर्तन एजेन्सीहरूले ओटावामा विरोध प्रदर्शनमा सहभागीहरू विरुद्ध आकस्मिक कारबाही गर्ने तयारी गरिरहेका छन् । ओटावा प्रहरी प्रमुख स्टीव बेलका अनुसार प्रदर्शनकारीहरूले कोभिड–१९ विरुद्धका नियन्त्रणात्मक र प्रतिबन्धात्मक आदेशहरूको खारेजीको माग गरिरहेका छन् ।

“हामीले हाम्रा स्रोतहरू बलियो बनाउँदैछौं, स्पष्ट योजनाहरू विकास गर्दैछौं र कारबाही गर्ने तयारी गरिरहेका छौं,“ बेलले पत्रकार सम्मेलनमा भने । ओटावा पुलिस सेवालाई देशको संघीय पुलिस बल, रोयल क्यानेडियन माउन्टेड पुलिस, ओन्टारियो प्रान्तीय पुलिस (इएए) र ओन्टारियो र क्युबेकका अन्य कानून प्रवर्तन एजेन्सीहरूले सहयोग रहने बेलले जनाएका छन् ।
 

ताजा खबर