सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, एमसीसी आज पनि संसदमा पेश नहुने

२०७८ फाल्गुण ६ शुक्रबार ११:३३:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक करिब एकघण्टा चलेको थियो । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फागुन ८ गते विहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरि आजको बैठक सकिएको जानकारी दिएका छन् । यसअघि बिहीबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकमा कांग्रेसले एमसीसी प्रतिनिधिसभामा पेश गर्न गरेको आग्रहलाई अन्य दलले नमानेपछि बैठक अनिर्णित बन्दै आएको छ ।

ताजा खबर