प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२०७८ फाल्गुण ५ बिहीबार २१:१४:०० मा प्रकाशित

काठमाडौँ । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सत्ता गठबन्धनको बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी टेबल गरेर संसद्मै छलफल गर्न प्रस्ताव गरेका थिए ।

तर अन्य दलका नेताहरूले त्यसलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । यसअघि आज बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । गठबन्धनमा सहमति नभएपछि कांग्रेस एमालेसँग वैकल्पिक गठबन्धन गर्न लागेको बताइएको छ ।

ताजा खबर