नेप्सेमा झिनो अङ्कको गिरावट

२०७८ फाल्गुण ५ बिहीबार १८:३९:०० मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२.५१ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले घटेर ५१८.६४ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १२.३३, जलविद्यत् २.५९, उत्पादन ०.११, अन्य ५.१२, सामूहिक लगानी कोष ०.०२ अङ्कले उकालो लागेको छ । बैंकिङ ०.०७, होटल तथा पर्यटन ९.७, विकास बैंक २०.३, वित्त १०.६३, निर्जीवन बीमा ६.२, लघुवित्त ४.४७, जीवन बीमा ५४.६१, लगानी ०.३४ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड ३७ लाख ३६ हजार १९७ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी १२ करोड २० लाख १४ हजार २४५, नेपाल दूरसञ्चार कम्पनी १० करोड दुई लाख ७५ हजार ७६२, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड छ हजार २१० र नेशनल हाइड्रो पावरको सात करोड ४८ लाख ८३ हजार ५१० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख १७ हजार ५५८ बराबर पुगेको छ । कारोबारका आधारमा तेह्रथुम पावर कम्पनी ६.४७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.३२, सामलिङ पावर कम्पनी ४.१३, जीवन विकास लघुवित्त ३.५३ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.४७ प्रतिशतले कमाए ।

बुद्धभूमि नेपाल हाइड्रोपावर ४.०२, एनआइसि एशिया ऋणपत्र ३.९०, ग्रीनलाइफ हाइड्रोपावर ३.३९, नेरुडे लघुवित्त विकास बैंक २.२९ र सिभिल लघुवित्तका लगानीकर्ताले २.२७ प्रतिशतले गुमाएका छन् ।

ताजा खबर