प्रहरीमा तीन एआईजी थप गर्ने सरकारको निर्णय

२०७८ फाल्गुण ५ बिहीबार १७:४८:०० मा प्रकाशित

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन् । योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।

त्यस्तै बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो ।

 

ताजा खबर