५७० जनामा कोरोना संक्रमण, ६ को मृत्यु

२०७८ फाल्गुण ५ बिहीबार १६:३२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७४८५७ पुगेको छ । त्यस्तै १९९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४६३३० पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११९०५ पुगेको छ । क्वारेन्टाइनमा १०९ जना छन् भने आइसोलेसनमा १६,६१६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर