एमसीसीमा पाँचै दललाई एक बनाउने प्रयासमा छौंः प्रचण्ड

२०७८ फाल्गुण ५ बिहीबार १६:०८:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउने अन्तिम प्रयास भइरहेको बताएका छन् ।

बिहीबार दिउँसो नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि अध्यक्ष प्रचण्डले पाँचै दललाई एक बनाउने प्रयास भइरहेको बताएका हुन् ।

उनले एमसीसीका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास भइरहेको पनि बताए । उनले भने,‘सकेसम्म गठबन्धन जोगाउनेतिर छौं । पाँच दलको बैठक बसेर निकास निकाल्ने प्रयास गर्छौ।’

एमसीसीमा सहमति जुटाउन आज ५ बजे गठबन्धनको बैठक बस्दै छ । त्यसअघि सहमतिको विकल्पकाबारेमा दुई नेताबीच छलफल भएको हो । यसअघि आजै बिहान अध्यक्ष प्रचण्डले एमसीसीकै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।

ताजा खबर