कांग्रेसको १६ जिल्ला अधिवेशन फागुन १५ गते हुने

२०७८ फाल्गुण ५ बिहीबार १५:१९:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको हो । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी नेतृत्वको अनुरोधअनुसार १३ गतेको कार्यतालिका संशोधन गरिएको बताए ।

नेपाल बारको सम्मेलन र महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताइएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।

ताजा खबर