बङ्गलादेशमा १० करोडले लगाए कोभिडविरुद्धको खोप

२०७८ फाल्गुण ५ बिहीबार १३:०६:०० मा प्रकाशित

बङ्गलादेशले कोभिडविरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ । आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो।

स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, “फेब्रुअरी सम्ममा देशमा १० करोड मानिसहरूले खोपको पहिलो डोज लगाएका छन्।

त्यसैगरी करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ । जसमा मङ्गलबारसम्म ४ करोड ६९ लाख ५९ हजार २०३ जनाले सिनोफार्म प्राप्त गरेका छन् । बङ्गलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान शुरु गरेको थियो।

 

ताजा खबर