बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु

२०७८ फाल्गुण ५ बिहीबार १०:४७:०० मा प्रकाशित

काठमाडौं । बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ । मिनीबसको ठक्करबाट घाइते भएको दुईजना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका एसपी सञ्जीव शर्माका अनुसार रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको मृत्यु भएको हो । बालाजु गंगा हल अगाडि दुर्घटना भएको महाशाखाले जनाएको छ । मिनीबस ठक्कर दिएर फरार रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटना विहान ६ बजे भएको हो ।

ताजा खबर