स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता

२०७८ फाल्गुण ४ बुधबार २०:१३:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न बिहीबारदेखि फागुन १५ गतेसम्मको समय दिएको छ । आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् । दल दर्ताका लागि भोलि सूचना प्रकाशन गर्ने उनले बतााए ।

आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । गत माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

दल दर्ताका लगि आयोगमा राजनीतिक दलले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्ने हुन्छ । आर्थिक वर्ष २०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले आर्थिक वर्ष ०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरणसमेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

 

ताजा खबर