सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

२०७८ फाल्गुण ४ बुधबार १७:५६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । मुगुबाट निर्वाचित सांसद बानियाँविरुद्ध करणी अभियोगमा पक्राउ पूर्जी जारी भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको र थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको उनले बताए । जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध करणीको किटानी जाहेरी दिएकी थिइन् ।

ताजा खबर