म्यानमारमा सैन्य विमान दुर्घटनाग्रस्त

२०७८ फाल्गुण ४ बुधबार १५:०१:०० मा प्रकाशित

म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट दुर्घटना भएको छ । मन्डालय नजिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले आज बिहान १०ः४३ बजेसम्पर्क विच्छेद गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

पाइलटको खोजी र उद्धारकार्य भइरहेको जनाइएको छ । जारी विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाई प्रशिक्षण मिसन उडान गरिरहेका बेला दुर्घटना भएको हो । गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

सन् २०१७ मा एक सैन्य विमान अण्डमान सागरमा भएको दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनाहरू मध्ये एक रहेको थियो । यस विमानमा रहेका सबै १२२ जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनाको कारण अधिकारीहरूले खराब मौसमलाई दिएका थिए ।

ताजा खबर