एमसीसी शुक्रबार संसदमा टेबल हुन्छः कानुनमन्त्री

२०७८ फाल्गुण ४ बुधबार १४:४७:०० मा प्रकाशित

काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा कानुनमन्त्री बडूले सरकारले दुईदिन सहमति खोज्ने र शुक्रबारको प्रतिनिधिसभाको बैैठकमा सम्झौता टेबल गर्ने बताएका हुन् ।

बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको बताए । सत्ता गठबन्धन दलहरुबीच एमसीसीबारे मतभेद भएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर यसबारे साझा धारणा तय गर्ने तयारी गरेको हो । माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी जवर्जस्ती टेबल नगर्न र गरेमा त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमतिका लागि भन्दै आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो एक बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनमा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा छन् ।

ताजा खबर