प्रधानमन्त्री र प्रचण्डबीच एमसीसी पेश नगर्ने सहमति

२०७८ फाल्गुण ४ बुधबार १२:४७:०० मा प्रकाशित

काठमाडौं । सरकारले आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव पेश नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आजको बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो । यसबारेमा छलफल गर्न बिहीबार गठबन्धनका नेताहरुको बैठक बोलाउने दुई नेताबीच सहमति भएको छ ।

पार्टी संसदीय दलको बैठकका निर्णयबारे जानकारी गराउन गएका माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीचको छलफलपछि यस्तो सहमति भएको हो । माओवादीको संसदीय दलको बैठकले एमसीसी जवर्जस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

ताजा खबर