कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

२०७८ फाल्गुण ४ बुधबार १२:२९:०० मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकको एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँबानेश्वरमा बैठक बसिरहेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएको छैन । यसअघि बसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबुल गर्ने कार्यसूची नराख्न आग्रह गरेको छ ।

उसले एमसीसी जबर्जस्ती ल्याइए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने चेतावनी दिएको छ । नेपाली कांग्रेस भने एमसीसी टेबुल गर्नुपर्ने पक्षमा छ।

 

ताजा खबर