युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेका हौंः बाइडेन

२०७८ फाल्गुण ४ बुधबार १२:०६:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गरेका छन् । उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए ।

उनले भनेका छन् कि हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनु पर्ने हुनसक्छ । मंगलबार टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले यदि रुसले युक्रेनमा हमला गर्यो र त्यस्तो मानवीय क्षतिको अवस्था आयो भने त्यसका लागि जवाफ दिन अमेरिका तयार रहेको चेतावनी दिएका छन् ।

राष्ट्रपति बाइडेनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको जानकारी दिएका छन् । तर रुसले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ । तर पनि त्यसमा सत्यता नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाई छ ।

ताजा खबर