माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

२०७८ फाल्गुण ४ बुधबार ११:२०:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विपक्षमा उभिने निर्णय गरेको छ । बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको  संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीका पक्षमा उभिन नसक्ने निर्णय गरेको हो ।

माओवादी नेता देव गुरुङले एमसीसीका असमान सर्त परिमार्जन नगरी अघि बढाउन नसकिने र सरकारले जवर्जस्ती ल्याए विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । त्यस्तै बैठकले सदन सुचारु नगरी कुनै एजेण्डा नल्याउन र प्रमुख विपक्षी एमालेसँग सदन सुचारु गर्न वार्ता गर्ने निर्णय गरेको छ ।

उनले भने,‘एमसीसीमा राष्ट्रिय सहमति नजुटी अघि बढ्न सक्दैन । कमसेकम सरकारमा दलहरुबीचमा यसबारेमा सहमति जुट्नुपर्छ । सरकारले जवर्जस्ती गरेमा माओवादीले विपक्षमा मतदान गर्छ र गठबन्धन तोडिन्छ ।’

ताजा खबर