रुसद्वारा युक्रेनको सीमा क्षेत्रबाट केही फौज फिर्ता गरेको दावी

२०७८ फाल्गुण ४ बुधबार ०९:३८:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै उच्च रहेको भन्दै त्यसो भएमा निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने बताएका छन् । टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको बताएका छन् । बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको बताए ।

मस्कोले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ । बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताए । रुसी नागरिकहरूलाई सम्बोधन गर्दै बाइडनले उनीहरू आफ्ना शत्रु नभएको बताए । तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेकोमा उनको जोड थियो ।

रुसी रक्षामन्त्रीले केही फौजहरू फिर्ता गरिएको बताए पनि बाइडनले भने, ‘रुसी फौज फर्कनुे राम्रो काम हुनेछ, तर अझै हामीले त्यसको पुष्टि गरेका छैनौँ।’ पुटिनले मस्कोका सुरक्षा चासो सम्बोधन हुनुपर्ने र त्यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने भनेको केही घण्टापछि बाइडनको सम्बोधन आएको हो । पुटिनले हमलाको योजना बनाइरहेको भन्ने कुरालाई सधै अस्वीकार गरेका छन्।

ताजा खबर