प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी

२०७८ फाल्गुण ४ बुधबार ०८:४५:०० मा प्रकाशित

काठमाडौं । लामो समयपछि प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन ।

सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले आज बिहान साढे ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलाएका छन् । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । आफ्ना माग पूरा नहुन्जेल बैठकमा अवरोध गरिरहने एमालेले जनाएको छ ।

ताजा खबर