सर्वोच्चद्वारा क्षेत्रीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

२०७८ फाल्गुण ३ मंगलबार २१:३९:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक हुनुपर्ने मागसहित राजकुमार क्षेत्रीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

चारवर्षे पूर्ण कार्यकालका लागि प्राधिकरणको महानिर्देशक हुनुपर्ने मागसहित परेको क्षेत्रीको रिटमाथि छलफल गर्दै अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले क्षेत्रीको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो । सरकारले हालै प्रदीप अधिकारीलाई महानिर्देशक पदमा नियुक्त गरेको थियो ।

अवकाश पाएका क्षेत्री आफ्नो मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा नियुक्ति भएकाले उक्त नियुक्ती बदर गरी काममा फर्काउन माग गर्दै अदालत गएका थिए । न्यायाधीश रेग्मीको इजलासले १५ दिनभित्र सरकारलाई जवाफ पेश गर्न आदेश दिएको छ ।

ताजा खबर