जावलाखेल र फ्रेन्ड्सबीचको खेल बराबरी

२०७८ फाल्गुण ३ मंगलबार १८:४३:०० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र फ्रेन्ड्सबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । जावलाखेलका लागि लोइक एन्जीमी कोउहिमले दुई गोल तथा रुपबहादुर लामाले एक गोल गरे ।

यस्तै फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले दुई तथा नाथानिल जुड ग्रासियाले एक गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबरी खेलेको हो । खेलको ११औँ मिनेटमा लोइकले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए । खेलको ३९औँ मिनेटमा लोइकले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे ।

यसैगरी खेलको ४३औँ मिनेटमा लामाले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा ३–० को अवस्थामा पु¥याए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फ्रेन्ड्सका नाथानिलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । खेलको ७१औँ मिनेटमा फ्रेन्ड्सका जमोलले फ्रिकिकमा गोल गर्दै ३–२ को अवस्थामा पु¥याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जमोलले गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए ।

बराबरीसँगै जावलाखेल हालसम्म ११ खेलमा १० अङ्क जोड्दै ११ औँ स्थानमा छ । समान खेल खेलको फ्रेन्ड्स सात अङ्कसहित १२ औँ स्थानमा छ ।

ताजा खबर