सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

२०७८ फाल्गुण ३ मंगलबार १८:१२:०० मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बिहान ११ः३० बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

यसैबीच, सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन । सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले समितिको बैठक डाकेका हुन् ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

ताजा खबर