युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौंबाट ८ जना पक्राउ

२०७८ फाल्गुण ३ मंगलबार १७:५५:०० मा प्रकाशित

काठमाडौं । युरेनियम जस्तो देखिने पदार्थ किनबेचमा संलग्न भएको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कांग्रेस नेता पनि छन् ।

पक्राउ पर्नेमा कांग्रेसबाट ललितपुर क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत समेत छन् । प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, जिवछ नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुर, उपेन्द्रकुमार मिश्र, गोपिलाल दास छन् ।

ह्यायत रिजेन्सी होटलमा पार्किङ गरिराखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई भारतबाट ल्याई प्रतिकिलो ३५ करोड रुपैयाँमा बिक्री गर्न लागेको प्रहरीले जनाएको छ । यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गतवर्षसाढे २ किलो युरेनियम बरामद गरेको थियो ।

ताजा खबर