अवधि समाप्त भएका सबै भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको निर्णय

२०७८ फाल्गुण ३ मंगलबार १७:२८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधानसमेत पारित गरेको छ । विधान पारित भएसँगै नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागू भएको छ ।

 

ताजा खबर