एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छः गगन थापा

२०७८ फाल्गुण ३ मंगलबार १४:५४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन् ।

मंगलबार पार्टि संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रस्तावलाई अघि बढाउने बताएको जानकारी दिए ।

उनले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रिपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताए । उनले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने भन्दै तत्कालीन नेकपा सरकार रहँदा मन्त्रिपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिएको बताए ।

ताजा खबर